
रेबिजबाट २ को मृत्यु, ५० जना प्रभावित
Play all audios:

सुर्खेत — लाटिकोइली ७ अलायचौरमा बहुला कुकुरको टोकाइबाट रेबिज लागेर दुई जनाको मृत्यु भएको छ । ५० भन्दा बढी प्रभावित भएका छन् । <?xml encoding="UTF-8"??> रेबिज रोगका कारण
सोमबार ६२ वषर्ीय मनवीर बुढाको मृत्यु भएपछि उनको किरियामा बसेकासहित ८ जनालाई बुधबार सुई लगाएको जिल्ला स्वास्थ्यका खोप सुपरभाइजर जितलाल ढकालले बताए ।बहुला कुकुरको टोकाइबाट लाटिकोइली ५ मा एक
महिलाको तीन साताअघि मृत्यु भएको थियो । मनवीरको मलामी गएकाहरू सबैलाई रेबिजको आशंका गरिएको जिल्ला स्वास्थ्यले जनायो । धेरै व्यक्तिमा रेबिज आशंका भएपछि स्वास्थ्य टोली ८ भ्याक्सिन लिएर गाउँ
पुगेको थियो । स्वास्थ्यका निमित्त प्रमुख गंगाप्रसाद घिमिरे, खोप सुपरभाइज ढकाललगायत टोली बुढाको घरमा पुगी किरिया बसेका छोरा, बुहारी, श्रीमतीलगायत ८ जनालाई भ्याक्सिन लगाएको हो । अरू धेरैले पनि
आफूलाई रेबिजको आशंका गरेपछि औषधि नहुँदा नेपालगन्जबाट २ सय भाइल सुई माग गरिएको खोप सुपरभाइजर ढकालले बताए । प्रकाशित : चैत्र १६, २०६८ १४:०० पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९
पुस १६, २०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल,
विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली
काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com