
मनाङे धरौटीमा रिहा
Play all audios:

पोखरा — कास्की फुटवल संघका अध्यक्षमाथि अभद्र व्यवहार आरोपमा पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दिपक मनाङे भनिने राजिव गुरुङ आइतबार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले
उनलाई ६ हजार धरौटीमा छाडेको हो । <?xml encoding="UTF-8"??> संघ अध्यक्ष मिलन गुरुङले बुधवार मनाङे विरुद्ध अभद्र व्यवहार गरेकाले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीले त्यसको भोलिपल्ट मनाङेलाई पक्राउ गरेको थियो । मनाङलेलाई शुक्रबार जिल्ला प्रशासनले अनुसन्धानका लागि दुई दिनको म्याद थपेको थियो । आइतबार प्रहरीले मनाङेलाई जिल्ला प्रशासनमा लगेको थियो ।
प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले ६ हजार धरौटी मागेका थिए । मनाङे ६ हजार रकम नगदै बुझाएर रिहा भएका हुन् । प्रकाशित : माघ १२, २०७६ १७:४५ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट
कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई
समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु ©
Copyright ekantipur.com