माडी ल्याइँदै राम-सीताको मूर्ति

माडी ल्याइँदै राम-सीताको मूर्ति

Play all audios:


चितवन — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान् राम’ जन्मेको दाबी गरेको चितवन माडीको अयोध्यापुरीमा राम नवमीका दिन राम, सीता तथा लक्ष्मण र हनुमानको मूर्ति स्थापना हुने भएको छ ।  <?xml


encoding="UTF-8"??> काठमाडौंबाट मूर्ति लिएर आउने माडीको टोलीलाई पशुपतिनाथ मन्दिर परिसरबाट प्रधानमन्त्री ओलीले नै बिदाइ गर्दै छन् । यी चार मूर्ति हाल प्रधानमन्त्रीको सरकारी निवास


बालुवाटरमा राखिएका छन् । गत भानु जयन्तीका दिन ओलीले रामको जन्मभूमि भारत नभएर वीरगन्जदेखि पश्चिम ठोरीतिर भएको दाबी गरेका थिए । उनको यो अभिव्यक्ति विवादमा परे पनि माडी अयोध्यापुरीमा रामधाम


बनाउने योजना अगाडि बढेको थियो । रामधामको गुरुयोजना बन्दै गरेकाले तत्कालका लागि मूर्ति स्थापना गर्ने तयारी थालिएको हो । ‘अहिले चारवटा मूर्ति ल्याएर अस्थायी मन्दिरमा राख्छौं । २०/२२ महिनामा


रामधामको गुरुयोजना तयार भएपछि त्यही योजनाअनुरूप भव्य राम मन्दिर निर्माण गरिनेछ,’ वाग्मती प्रदेश सांसद विजय सुवेदीले भने, ‘त्यही मुख्य मन्दिरमा यी मूर्ति राखेर प्राण प्रतिष्ठा हुनेछ ।’ उनका


अनुसार वैशाख ७ मा पशुपतिनाथ परिसरस्थित राम मन्दिरबाट प्रधानमन्त्रीले बिदाइ गरेपछि मूर्तिहरू कलशयात्रा गर्दै भद्रकालीसम्म ल्याइनेछ । त्यसपछि बग्गीमा राखेर नागढुंगासम्म पुर्‍याइनेछ ।


नागढुंगाबाट करिब ५ सय गाडीसहित मूर्ति देवघाट ल्याइने र त्यहाँबाट रामनवमीका दिन माडी लैजाने कार्यक्रम छ । प्रकाशित : वैशाख ३, २०७८ ०७:५५ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट


कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई


समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु ©


Copyright ekantipur.com