रानाको बढुवा निलम्बन गर्न अधिकारकर्मीको आग्रह

रानाको बढुवा निलम्बन गर्न अधिकारकर्मीको आग्रह

Play all audios:


काठमाडौं — दुइटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था 'ह्युमन राइट्स वाच' र 'इन्टरनेसनल कमिसन अफ जुरिस्ट' ले कुबेरसिंह रानालाई प्रहरी महानिरीक्षक बनाएकामा आपत्ति प्रकट


गर्दै उनको पदोन्नति निलम्बनमा राख्न नेपाल सरकारलाई आग्रह गरेका छन् । <?xml encoding="UTF-8"??> आईजीपी रानाविरुद्ध मानव अधिकार उल्लंघनमा दोषी भएको आरोप लागेको उल्लेख गर्दै


सम्बन्धित अभियोगबाट अन्तिम सफाइ नपाएसम्म उनलाई पदमा राख्न नहुने भन्दै ती संस्थाले मंगलबार न्युयोर्कबाट संयुक्त विज्ञप्ति जारी गरेका हुन् । विगतको सशस्त्र द्वन्द्वका बेला धनुषामा भएको पाँच


विद्यार्थी मारिएको घटनामा रानालाई मानव अधिकार आयोगले दोषी ठहर्‍याउँदै उनीविरुद्ध मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो । यसरी मानव अधिकारको गम्भीर उल्लंघन गरेको अभियोग लागेका व्यक्तिलाई


नेपाल सरकारले प्रहरी संगठनको प्रमुख बनाएर नेपालमा पनि लागू हुने मानव अधिकारको अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको विज्ञप्तिमा उल्लेख छ । 'नेपाल सरकारले मानव अधिकार र मानवीय कानुनको


गम्भीर उल्लंघन गरेको अभियोग लागेका सुरक्षा अधिकारीविरुद्ध अनुसन्धान गर्नु भन्ने सर्वोच्च अदालतको बेवास्तामात्रै गरेको छैन,' इन्टरनेसनल कमिसन अफ जुरिस्टका एसियाली निर्देशक साम जरिफीले


भने, 'त्यस्ता अधिकारीहरूको पदोन्नतिसमेत गरिरहेको छ ।'स्मरण रहोस्, यसअघि रानालाई एआईजीमा बढुवा गर्दा सरकारको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले उक्त निर्णय खारेज गर्नु


नपर्ने तर त्यस प्रकृतिका घटनाको छानबिन गर्न आयोग बनाउनुपर्ने फैसला सुनाएको थियो । प्रकाशित : आश्विन ३, २०६९ ००:२९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६,


२०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि,


भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल


+977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com