
अवैध बालुवा उद्योगमा प्रहरी छापा
Play all audios:

धादिङ — बूढीगण्डकी जलविद्युत् आयोजनाले खरिद गरेको जग्गामा बालुवा खानी तथा बालुवा प्रशोधन केन्द्र सञ्चालन गरिरहेका अवैध उद्योगहरूमा प्रहरीले छापा मारेको छ । <?xml
encoding="UTF-8"??> सशस्त्र प्रहरीको कमान्डमा ज्वालामुखी ५ बुङ्गकोट घाट, मस्तेखोलामा रहेका एक दर्जन बालुवा प्रशोधन केन्द्रमा छापा मारी विद्युतीय उपकरण नष्ट गरिएको हो । आयोजना
मातहत गइसकेको जग्गामा विभिन्न स्थानमा ८ वटा बालुवाखानी सञ्चालन गरेर दैनिक ५ सय टिपर बालुवा बेचबिखन गरिरहेको गुनासो आएपछि प्रहरीले छापा मारेको हो । स्थानीय तहका पदाधिकारीहरूकै मिलोमतोमा विगत
१ वर्षदेखि नै अवैध बालुवाखानी सञ्चालन हुँदै आएको थियो । ‘हामीले स्थानीय प्रशासन र स्थानीय तहहरूलाई आयोजना स्थलबाट बालुवाको अवैध ओसारपसार रोक्न पत्राचार गरे पनि रोकथाम नभएपछि केन्द्रमै
सम्पर्क गर्नुपरेको हो,’ आयोजनाका संयोजक कृष्णबहादुर कार्कीले बताए । सशस्त्र प्रहरीका जिल्लास्थित प्रहरी नायव उपरीक्षक दर्शन गिरीको नेतृत्वमा गएको जनपदसहितको ३ वटै सुरक्षा निकायको टोलीले
बालुवा उद्योगमा छापा मारेको हो । प्रहरी पुगेलगत्तै फिरफिरेका मजदुर र स्काभेटर, टिपर लगायत उपकरणरका चालकहरू उद्योग छोडेर भागेका थिए । गत वर्षको चैतमा पनि स्थानीय प्रशाासन र जिल्ला वन
कार्यालयले पटकपटक छापा मारेर बन्द गराए पनि राजनैतिक दबाब र आर्थिक लेनदेनमा सञ्चालनमै रहेका थिए । गत वर्षसम्म खानीबाट बालुवा लिएर धुने सामान्य फिरफिरे जडान गरेका बालुवा तस्करहरूले यसपालि ठूला
आधुनिक लाखौं मूल्य पर्ने वुमरलगायतका उपकरणहरू जडान गरेका छन् । बालुवा प्रशोधन उद्योग सञ्चालन गर्न कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्ता गर्दा अन्य स्थानको लालपुर्जा पेस गरेका बालुवा
व्यवसायीहरूले उद्योग र खानी बूढीगण्डकीको नाममा मुआब्जा लिएर नामसारी गरेकै जग्गामा सञ्चालन गरेका छन् । कम्पनी रजिस्ट्रार कार्यालयले बालुवा प्रशोधन तथा धुलाइ गर्ने बालुवा खरिद गर्ने दर्तावाला
खानीको लिखित सहमतिबिना नै बालुवा प्रशोधन उद्योग दर्ता गरिएको फेला परेको छ । राजमार्ग क्षेत्र वरपरका त्रिशूली नदीमा नदीजन्य पदार्थको उत्खनन र बालुवा प्रशोधन बारम्बार विवादमा आएपछि बूढीगण्डकी
किनारमा बालुवा तस्करहरूले आँखा गाडेका थिए । यसै मौकामा बूढीगण्डकी किनारमा रातारात उद्योग सञ्चालन गर्न पुगेका तस्करहरूले सदरमुकाम लगायतका काठमाडौंका बजारमा पुर्याएर महँगो मूल्यमा बालुवा
बेच्दै आएका थिए । प्रकाशित : पुस २०, २०७५ ०७:४६ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार,
मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस
पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com