
बाबुराम–उपेन्द्र : एकताको नमुना!
Play all audios:

प्रचण्ड प्रधानमन्त्री भएर जसरी देउवासँग काँधमा काँध मिलाउँदै संविधान संशोधन गरेर भए पनि केही गर्छु भन्ने देखाउन खोज्दैछन्, उसरी नै बाबुराम भट्टराई अनेक समूहबाट आएकाहरूलाई लिएर पछिल्लोपटक
उपेन्द्र यादवसँग कार्यगत एकताको छनक दिँदैछन् । <?xml encoding="UTF-8"??> वामपन्थी राजनीतिबाट ‘करिअर’ सुरु गरेका उपेन्द्रसँग केही ‘केमेस्ट्री’ मिल्न गएको बुझेका होलान् । जे
होस्, नयाँ शक्तिले अरू उल्लेख्य केही काम नगरे पनि विज्ञप्ति निकालिरहने प्रचारशैली भने जोडतोडले जारी राखेको छ । राप्रपा एकढिक्का भएर कमल थापा संसदीय दलको नेतामा निर्विरोध भए । सके यही सरकारमा
नभए पनि देउवा सरकारमा उपप्रधानमन्त्रीको कोटा आरक्षित वा संरक्षित बनाइसके । उपेन्द्र यादवमा हिजो मधेस मुद्दाको वकालत गर्ने ‘डिजाइनर’ जयप्रकाश प्रसाद गुप्तालाई गुप्तबासमा पठाउन सक्ने ल्याकत
अनि एमालेमा असन्तुष्ट भएर केही समय दल खोलेर अस्तित्वमा आउन असफल अशोक राईलाई समेत ‘मर्ज’ गर्ने क्षमता भएकोले तराई—पहाड—हिमाल शक्तिको रूपमा दल दरिए सशक्त हुनसक्छ । त्यसमाथि बाबुरामलाई खासै
अध्यक्ष वा प्रधानमन्त्री हुने चाहना नभएको हुँदा बरु अर्का समकक्षी/हस्ती हृदेश त्रिपाठीसम्मको ‘मिक्स’ हुनसके बलियो धारको प्रतिनिधित्व होला है ! यसरी नै खाँट्टी वामपन्थी नेता चित्रबहादुर केसी,
नारायणमान विजुक्छे र मोहन वैद्य सहितको वृद्ध कम्युनिष्ट घटक बनाउनु उचित होला । राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, महेन्द्र राय यादवदेखि राजकिशोर यादवसम्मको घटक अर्को उदाहरण हुनसक्छ । सम्भव भए
नेत्रविक्रम चन्द, पासाङ शेर्पा र सीके राउत सम्मिलित उग्र/सर्वोच्च राष्ट्रवादी दल उदाउनसके ‘चेक एन्ड ब्यालेन्स’ हुने थियो । विचरा विजय गच्छदार घर न घाट भनेझैं भएका छन्, यो बेला । न सत्तामा
पुग्नसके, न सहकर्मीहरूले पत्याउँछन् । यसै छैन उसै छैन, थारु प्रदेशको कडा माग छाती कि थाँतीमा राख्दै हिजोको माउ पार्टी कांग्रेसमै फर्किए भविष्य बलियो होला । त्यसमाथि देउवा दाजै प्रधानमन्त्री
हुनलागेको बेलामा बरु बेलैमा फर्के अहिले तराई–मधेसको कोटाबाट ‘सेकेन्ड म्यान’ बनेका विमलेन्द्र निधिलाई छेउ लगाउन सकिन्छ । खुमबहादुर खड्का बिच्किरहेको, अरूलाई मन्त्री दिएर थामथुम पारेको अनि
पार्टीमा पद दिएर पत्याउने कोही नभएको बेला बाजी मारेमा भविष्य उज्यालो नै होला । त्यत्ति भएपछि देउवाको कैलाली, कञ्चनपुरसम्मको किचलो पनि थारु भूगोलको नाममा गच्छदार भित्रिएपछि खेलै खत्तम हुनेछ
।ठूला दलले ‘थ्रेसहोल्ड’ प्रावधान ल्याइदिए सीपी मैनाली जस्ताको भविष्य धरापमा पर्न सक्छ । एमालेले ‘मानार्थ’ अध्यक्ष दिएर बोलाउने पो हो कि ? एक—दुईसिटे ‘च्याँखे दाउ हात लगाऊ’ सिद्धान्त शिरोपर
गरेका दलले त्यसरी नै एक व्यक्ति एक पद ‘ग्यारेन्टी’ दिने सर्तमा ठूला दलमा क्रमश: विलिन हुनु नै श्रेयस्कर होला । आखिर सबैलाई पद र प्रतिष्ठा नै चाहिएको हो । त्यही भाग नपुगेर वा नपाएर अनेक दल
खोलेका हुन् ।– श्रीकृष्ण राजवंशीसिन्धुली सकारात्मक सोचमै समाधानमुलुकमा देखिएको समस्या जनतामा छैन, नेतृत्वमा छ । उनीहरूको स्वार्थमा छ । बेलगाम बोलीमा छ । अनि सरकार प्रमुख र तिनका
मन्त्रीगणका मुलुक विखण्डनको संघारमा छ, सार्वभौमिकता खतरामा छ भन्नेजस्ता अत्यन्त गैरजिम्मेवारपूर्ण अभिव्यक्तिमा छ । सरकार समाधान बन्न जान्दैन, बरु स्वयं समस्या बन्ने गर्छ । केही प्रायोजित
राजनीति प्रशिक्षित कार्यकर्ता बाहेकका सर्वसाधारण जनता चाहे ती पहाड बस्ने हुन्, चाहे हिमाल वा तराईमा बस्ने हुन्, सबै मुलुकको समृद्धि चाहन्छन् । एकले अर्कालाई सम्मान र सहानुभूति प्रदान गरुन्
भन्ने चाहन्छन् । सहयोग र सद्भाव चाहन्छन् । नेतृत्वलाई भन्दा जनतालाई यो मुलुकको अखण्डता प्यारो लाग्छ । सार्वभौमिकता र स्वाभिमान महान लाग्छ । तर नेतागण आफ्नो स्वार्थसिद्ध गर्न आन्दोलन गर्नुपरे
तिनलाई अनेकौँ भ्रम छर्छन् र सडकमा उत्रन विवश पार्छन् । कतैका नेताले आन्दोलनमा नआए दिनहुँ हर्जना लाग्ने भन्छन् । कतैकाले खारा लाग्ने धम्की दिन्छन् । कतै कि रगत कि पसिना भन्दै आन्दोलनमा
उत्रिन विवश तुल्याउँछन् । साँच्चै देश र जनताको सर्वोपरी हितलाई केन्द्रमा राखेर हेर्ने र सोच्ने हो भने कुनै पनि मुद्दाको समाधान नहुने देखिन्न । यसैले नेतृत्वमा सर्वप्रथम सकारात्मक सोच आवश्यक
छ । – डा. धनपति कोइरालाकावासोती, नवलपरासी संघीयताबारे यथार्थपरक लेख‘संघीयताबारे भारतबाट के सिक्ने ?’ लेख पढ्दा धेरै खुसी लाग्यो । नेपाल र भारतको अमेट्य तथा सहज भूसम्बन्ध रहेसम्म एकअर्काको
अन्तरसम्बन्ध रहिरहने वास्तविकताप्रति सधैं सचेत रही राष्ट्र उपयोगी काम गर्नु नै सबै नेपालीको सर्वसम्पन्नतातर्फको बाटो हो ।– डा. नारायणबहादुर बस्नेतकाठमाडौं डा. केसीको ज्यान बचाऔंडा. केसीको
नाजुक स्वास्थ्यस्थितिले चिन्तित बनाएको छ । समयले सधैं सत्य र न्यायको विषयमा मात्र साथ नदिएका उदाहरण पनि छन् । कतिपय अवस्थामा समय क्रूर र निर्दयी बनिदिन्छ भन्ने कुरा पनि बिर्सनुहुन्न । १६
दिनदेखि आमरण अनशनरत डा. केसीको मानव शरीरलाई अपवादको रूपमा सधैं लिइराख्नु पनि उपयुक्त छैन । उता त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको बर्खास्तगी र चिकित्साशास्त्र अध्ययन संस्थानका
डिन डा. केपी सिंहको राजीनामाको माग तत्काल पुरा भइहाल्ने आधार देखिँंदैन । यस स्थितिमा डा. केसीको आमरण अनशनको समर्थनमा लागिपर्ने तथा मध्यस्थकर्ताका रूपमा वार्तामा सहभागी चिकित्सकहरूले अहिलेको
अवस्थामा वार्तामा लाग्नुभन्दा डा. केसीलाई अनशन तोडाउन विश्वस्त पार्नु बुद्धिमानी देखिन्छ ।– महेशप्रसाद ढुंगानानयाँवानेश्वर, काठमाडौं०००स्वास्थ्य जस्तो अति संवेदनशील विषयलाई लिएर १६ औं
दिनसम्म आमरण अनशनमा बस्नुभएका डा. गोविन्द केसीको मागप्रति केही गर्न नसक्नु खालि उनीप्रति मात्र नभएर समस्त नेपालीको लागि सरकार गैरजिम्मेवार रहेको कुराको प्रमाण हो । संसद् बैठकमा सांसदहरूले
आफ्नो तलब र भत्ता वृद्धिको लागिचाहिँ एकैदिनमा निर्णय लिने, तर यति संवेदनशील विषयको निर्णय लिनचाहिँ नसक्नु, पहिले गरिएका निर्णय कार्यान्वयन नगर्ने, यसका लागि सम्पूर्ण जनता सडकदेखि सदनसम्म
लागेमा केही होला कि ?– फूलप्रसाद अर्याल जापान नेपाली भाषा शुद्ध लेख्ने तरिकाशनिबार कोसेलीमा प्रकाशित तारानाथ शर्माको लेख ‘शुद्ध नेपाली भाषा’ समय सान्दर्भिक र तथ्यपरक लाग्यो । यस लेखले
पछिल्लो समय नेपाली भाषामा देखिएको द्विविधा र अन्योललाई चिरफार मात्रै गरेको छैन, नयाँ पुस्तालाई नेपाली भाषा पढाउने शिक्षक/शिक्षिकाहरूलाई पनि सही र शुद्ध भाषा विद्यार्थीहरूमा सञ्चार गर्न सुझाव
दिएको छ ।– सुरञ्जन घिमिरेरत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौं सस्तो लोकप्रियता‘महंँगो नि:शुल्क डायलसिस’ आलेखले डायलसिस सम्बन्धी सरकारी सस्तो लोकप्रियताको प्रचारलाई धज्जी उडाएको छ । सरकारले
तोकिदिएका अस्पतालमा साताको दुईपटक नि:शुल्क डायलसिस सेवा लिनु भनिएको छ, अझ थप एकपटक लिनु भनी केही समयअघि स्वास्थ्यमन्त्रीको निर्देशन पनि आएकै हो । तर यथार्थ फरक छ । ५ दिनमा एकपटक पालो आउन
पनि मुस्किल छ । जनशक्तिले नधान्ने वा सर्वसाधारणको पहुँचै नपुग्ने ठाउँमा तीनपटक भन्नुको केही अर्थ देखिँदैन । नि:शुल्क सेवा घोषणा सरसर्ती हेर्दा लोकप्रिय भए पनि त्यतिकै अव्यावहारिक बनेको आशय
लेखले प्रस्ट गरेको छ । कमसेकम डायलसिस पैसा तिरेरै भए पनि उपलब्ध धेरैतिर हुनुपर्यो, नकि सरकारी नि:शुल्क सेवाको हावादारी गफजस्तो । नि:शुल्क भनेर नि:शुल्क कहाँ—कहाँ छ त ? सेवाको विकेन्द्रीकरण
पनि त हुनुपर्यो नि । एकातिर पहुँच हुनेले, तिर्न सक्नेले नि:शुल्क सेवा लिने भने अर्कातिर विपन्नले सेवाशुल्क तिर्न बाध्य हुने तथा तिरे पनि पालै नआउने अवस्थाको अन्त्य भएमात्रै लोकप्रियताको
अर्थ रहला ।– ओमनाथ कडरियागोलधाप–१, झापा बिरामी जाँच्ने नयाँ शैली१४ मंसिर २०७३ का दिन बिहान नौ बजेतिर म र मेरी श्रीमती वीर अस्पतालको दोस्रो तलामा रहेको मेडिकल युनिट–१ मा पुग्यौं । श्रीमतीलाई
खोकी लागेको र घाँटी दुखेकाले जँचाउन गएका थियौं । त्यहाँ भएका डाक्टरहरूमध्ये एकजनाले श्रीमतीलाई चेकजाँच गर्न आरम्भ गरे । तर उनले आफ्नो पेसालाई जिम्मेवार र मर्यादित बनाउन सकेनन् । उनले मेरी
श्रीमतीलाई ‘आँ’ गर्न भने अनि म बिरामी लिएर गएको मान्छेसँग उनले भने, ‘तपाईंसँग केही उज्यालो छ ?’ म अलमलिएँ । अनि उनले ‘तपाईंसँग लाइट छ ?’ भने । मैले भनँें, ‘मसँग लाइट छैन’ । त्यसपछि उनले अझै
भने, ‘तपाईंसँग मोबाइल छ ? मोबाइलमा लाइट छ ?’ त्यसपछि मैले मोबाइल निकालेर बत्ती बालेंँ र डाक्टरसाबलाई टक्रयाएँ । तर लाइटले मात्र पनि मुखको पछाडिको भाग देखिएन । त्यसपछि उनले मेरी श्रीमतीलाई
ठूलो ‘आँ’ गर्न भने, तर त्यति गर्दा पनि पछाडिको भाग उनले देख्न सकेनन् । उनीसँग जिब्रो दबाउन प्रयोग गरिने डिप्रेसर पनि रहेनछ । उनले बिरामीलाई एउटा औंलाले जिब्रो दबाउन भने अनि बिरामीले त्यसै
गरिन्, तर अझै राम्रोसँग उनले देख्न सकेनन् । त्यसपछि मैले झोलाबाट एउटा जेलपेन निकालेर दिएँ, अनि उनले त्यो प्रयोग गरी बिरामीको मुख जाँच गरे । यो कतिसम्म लज्जास्पद कुरा हो ? यहाँसम्म कि चेक
गर्ने डाक्टरसँग न साधारण लाइट नै छ, न त जिब्रो दबाउन प्रयोग गरिने एउटा साधारण छेस्को (डिप्रेसर) नै छ । भोलि यिनै डाक्टरले बिना कुनै लाज बिरामीसँग वा बिरामी लिएर जाने व्यक्तिसँग ‘तपाईंले
बिरामी जाँच्न प्रयोग गरिने स्टेथेस्कोप ल्याउनुभएको छ ?’ भनी सोध्न के बेर । यसतर्फ वीर अस्पताल प्रशासन र स्वास्थ्यमन्त्री गगन थापाको ध्यान जाओस् ।– ऋषिराम पौडेलझौरिकुना, राम्जा–२, पर्वत
कहिलेसम्म नतमस्तक हुने ?पतञ्जली योगपीठले वीरगन्जको आदर्शनगर रंगशालामा आयोजना गरेको ५ दिने योग विज्ञान शिविरले यसपालि वीरगन्जमा थुप्रै करामत गरायो । मधेस आन्दोलनको केन्द्र बनेका कारण
काठमाडौंको उपेक्षाको सिकार बनेको वीरगन्ज ५ दिन विश्वमा फैलियो । विश्व प्रसिद्ध भारतीय योगगुरु बाबा रामदेव आएर वीरगन्जमा योग सिकाएपछि त्यसले चर्चा पाउनु स्वाभाविक नै हो । त्यसमाथि बाबा
रामदेवलाई भेट्न धमाधम राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, देशकै ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका वरिष्ठ नेता
झलनाथ खनाल, मधेसी दलका नेताहरू सबै आउने—जाने क्रम चल्यो । यसले गर्दा वीरगन्ज उपमहानगरपालिकामा सरसफाइ लगायत अन्य कामले पनि निरन्तरता पायो । दिनहुँ सफा गर्नुको साथै धुलो उड्न नदिन सबेरै पानी
पनि हालिन्थ्यो । शिविर सुरु हुनुअघि नै वीरगन्जका मुख्य सडकमा लामो समयदेखि परेको खाल्डाखुल्डी टालिएको थियो । बिहान अबेरसम्म नजाग्ने वीरगन्ज बिहान ४ बजेदेखि नै जगमगायो । हजारौं मानिस योग सिक्न
आदर्शनगर पुगे । योग अभ्यास गरेर निरोगी भइन्छ भन्ने आशामा सर्वसाधारणले सक्रियता देखाउनु स्वाभाविकै हो । तर देशका राष्ट्रपति, प्रधानमन्त्री जस्ता उच्च ओहदाका महामहिमहरू यसरी एउटा व्यापारी
योगीलाई भेट्न धाउनुलाई कसरी सही मान्ने ? योग सिकाउनुको साथै व्यापार प्रबद्र्धनका लागि रामदेव वीरगन्ज आएका छन् । हुन त उनले यहाँको उद्योगको आम्दानी भारत नलैजाने भनेका छन् । यसलाई सकारात्मक
मान्न सकिन्छ । तर उच्च ओहदाकाहरू एउटा बाबाको अगाडि झुक्नुलाई सही मान्ने आधार छैन । मर्यादाको ख्याल हुनुपर्ने हो । राष्ट्र प्रमुखजस्ता अभिभावकहरूले पदीय मर्यादालाई ख्याल नराख्ने हो भने
नेपालीको अस्तित्व कहाँ पुग्ला ? नेताहरूको यस्तो गतिविधिलाई सचेत कार्यकर्ता अनि नागरिक समाजले टुलुटुलु हेरेर बस्न हुँदैन । यस्ता विषयलाई जोडदार रूपमा उठाउन सक्नुपर्छ ।– सुरेश बिडारीवीरगन्ज
एमाले जिम्मेवार बनोस्यतिबेला एमाले आफ्नो ९ महिने सत्ता प्रचण्डको सत्तामोहले गर्दा मुख्य विपक्षीमा पुग्न विवश हुनुपरेको पीडाले छटपटाइरहेको छ । ऊ झन् ठूलो राष्ट्रवादी बनिरहेको छ । एमालेले उसको
स्वघोषित राष्ट्रवादको दलिल दिँदै संविधान संशोधन गर्न मानिरहेको छैन । उसले अहिले प्रचण्ड नेतृत्वको कांग्रेस–माओवादी सत्ता गठबन्धन र सत्ताको समर्थक मधेसी मोर्चालाई ताकी—ताकी प्रहार गरिरहेको छ
। संसदीय गणितको जगमा एमाले राष्ट्रवादको हवाला दिँदै सत्ता गठबन्धनसँग सौदाबाजी गरिरहेको छ भने अर्कोतिर आफ्नो नेतृत्वको सत्ता रहुुन्जेल सार्थक वार्ता नगर्ने मधेसी मोर्चासँग हाँसी—हाँसी बदला
लिइरहेको छ । किनकि यतिबेला एमाले आफूलाई मात्रै राष्ट्रवादको असली मसिहा ठानिरहेको छ । के उसले राष्ट्रवादको नारा लगाएर मात्र गणतन्त्र र संविधान कार्यान्वयन हुन्छ त ? यसले क्षणिक फाइदा त भएको
होला एमालेलाई, तर पछि उसका कारणे गर्दा देशमा अशान्ति भई गणतन्त्र र संविधान कार्यान्वयन भएन भने यसको कारक एमाले हुँदैन र ? हुन त सबैलाई थाहा भएको कुरा हो, अरूण तेस्रो जलविद्युत आयोजनाको
खारेजी पनि एमाले राष्ट्रवादकै कारणले देशले दशकौंसम्म अँध्यारोमा बिताएकै छ । महाकाली सन्धिको नायकत्व लिँदा एमालेको राष्ट्रवाद कता हरायो ? एमालेको अहिलेको विरोध पनि पहिलाको उग्रराष्ट्रवाद
जस्तै आत्मघाती नबन्ला भन्न सकिन्न । अब अरूले हैन, स्वयं एमालेका नेता—कार्यकर्ता र शुभेच्छुकहरूले नेतृत्वलाई राष्ट्रवादको रागमात्र नगाई जिम्मेवार बनी सहमतिमा आउन दबाब दिनुपर्ने देखिन्छ ।–
जयराम पुडासैनीबौद्ध–६, काठमाडौं नाराले मात्र हुँदैननेपालका महिला पुरुषभन्दा बढी छन्, तर महिलाप्रति गर्नुपर्ने आचार—विचार, व्यवहार गर्न नसक्नुमा महिला—पुरुष दुवैको कमी—कमजोरी भएकै हुन् ।
पुरुष—प्रधान देश भए तापनि हरेक क्षेत्रमा पुरुषभन्दा बढी परिश्रम गर्ने महिला नै छन् । उल्टो महिलाप्रति नै बिभिन्न किसिमका हिंसा, अत्याचार, डर, पीडाको समस्या भोग्नुपरेका उदाहरण सञ्चार माध्यम
तथा पत्रपत्रिकामा पढ्दा महिला हिंसा घट्दै जानुपर्नेमा झन् बढ्दै गएको पाइन्छ । त्यसकारण सम्बन्धित निकायले सशक्त रूपमा महिला हिंसाविरुद्ध नारामा भन्दा पनि दरिलोसँग कार्यान्वयन गर्न लाग्नसक्नु
नै आजको चुनौती होइन र ? गाउँ, सहरको दैलो—दैलोमा पुगेर महिला हिंसाविरुद्ध जागरण जगाउनसके मात्र महिला अधिकारकर्मीहरूको अभियान पूर्णरूपमा सफल हुनसक्छ भन्ने विश्वास गर्दै आधा आकाश ओगटेका
महिलाप्रति हाम्रो स–सम्मान आदर छ, रहिरहनेछ ।– बलराम थापाकुश्लेचौर, क्षेत्रपाटी, काठमाडौं नेता जन्माउने सप्तरीमंसिर ८ गते बुधबार प्रकाशित ‘नेता जन्माउने सप्तरी किन पछाडि ?’ समाचारप्रति
ध्यानाकर्षित भएको छ । निश्चय नै सप्तरी जिल्लाले धेरै नेता जन्माएकोमा कुनै शंका छैन । किनभने सप्तरीका जनता भारतीय स्वतन्त्रता आन्दोलनबाट धेरै चेतनशील भइसकेका थिए । यहाँका सम्पन्न जमिनदारका
छोराहरू भारतका विभिन्न ठूला सहरमा गएर उच्चशिक्षा हासिल गरी भारतीय स्वतन्त्रता आन्दोलनमा भाग लिई स्वदेश फर्किसकेका थिए । त्यसैले सन् १९४२ को भारतीय स्वतन्त्रता आन्दोलनताका जेल तोडेर सप्तरी
आइपुगेका भारतीय नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहियाहरूलाई शरण दिई भूमिगत रूपमा राखिएका थिए । पछि तत्कालीन राणा सरकारले गुप्तचरबाट थाहा पाएपछि ती भारतीय नेताहरूलाई पक्राउ गरी हनुमाननगर
जेलमा थुनिएको थियो । त्यस विरुद्ध सप्तरीका युवाहरूले जेल तोडेर भगाएका थिए । त्यो नै नेपालमा राणाशासक विरुद्ध खुल्ला रूपमा पहिलो सशस्त्र आन्दोलन थियो । त्यसपछि मात्र २००७ सालमा राणाविरुद्ध
सशस्त्र क्रान्ति भएको थियो । यसमा सप्तरीका कुशेश्वर पाठक, गजेन्द्रनारायण सिंह, महेन्द्रराय, वेदानन्द मिश्रजस्ता धेरैले सक्रिय रूपमा भाग लिएका थिए । त्यसपछिका प्रत्येक आन्दोलनमा
सप्तरीवासीहरूले भाग लिएका छन् । कतिले सहादत पनि प्राप्त गरेका छन् । यस जिल्लाका क्रान्तिकारी गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको राजा महेन्द्रको तानाशाही विरुद्धको गर्जन पनि सप्तरीकै
गर्जन थियो । मधेस आन्दोलनका मसिहा गजेन्द्रनारायण सिंह राष्ट्रिय स्तरका चर्चित नेता थिए । अर्को मधेसी नेता उपेन्द्र यादवको जन्मस्थान पनि सप्तरी नै हो । त्यस्तै गौरवगाथा बोकेको सप्तरीमा विकास
नहुनुमा नेताहरू नै दोषी हुन् भन्ने कुरामा विवाद छैन ।– रामनारायण देवराजविराज, सप्तरी प्रकाशित : मंसिर १५, २०७३ ०८:१२ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६,
२०७३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि,
भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल
+977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com