घरमा आगो लाग्दा दुई लाख नगद खरानी

घरमा आगो लाग्दा दुई लाख नगद खरानी

Play all audios:


राजविराज — सप्तरीको १ नम्बर योगिनियाँ गाविसमा आज(बुधवार) दिउँसो अचानक भएको आगलागीमा एक दलित परिवारको सर्वस्वःसम्पत्ती खरानी भएको छ । वडा नम्बर २ निवासी श्यामसुन्दर खंगको घरमा आगलागी हुँदा


निजका सर्वस्वः सम्पत्ती खरानी भएको हो । <?xml encoding="UTF-8"??> आगलागीमा खंगको तीनवटा फुसको घर, विदेशबाट छोराले पठाईदिएको दुई लाख नगद, घरमा जोहो गरी राखिएको ४० भरी


चाँदीसहितका सरसमान र खाद्यान्न नष्ट भएको पीडित परिवारले जानकारी दिएका छन् । उक्त आगलागीमा झण्डै १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीलाई इलाका प्रहरी कार्यालय


हनुमाननगरका सुरक्षाकर्मी, स्थानीय बासिन्दा र राजविराजबाट गएको बारुण यन्त्रले निभाएको थियो । प्रकाशित : चैत्र ३, २०७२ १७:२५ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३


पुस १६, २०७३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना


प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं,


नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com