
मतदाता रिझाउन होडबाजी
Play all audios:

अर्घाखाँची — दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा बजार छाडेर नेता–कार्यकर्ता मतदाता रिझाउने होडबाजीमा गाउँ पसेका छन् । सदरमुकाम सन्धिखर्क भने सुनसानजस्तै भएको छ । <?xml
encoding="UTF-8"??> उम्मेदवारहरू घरदैलो गरेर आ–आफनो दलीय र व्यक्तिगत प्रतिबद्धता सार्वजनिक गर्दै मतदाताका घरआँगन पुगेका छन् । गाउँमा घरदैलो, छलफल र कोणसभा गरेर भोट माग्न
उम्मेदवारलाई भ्याइनभ्याइ छ । आफ्ना उम्मेदवारलाई जिताउन केन्द्रीय नेतासमेत गाउँ पुगेका छन् । उम्मेदवार पार्टीको नीति र सिद्धान्तभन्दा विकासे नारा लिएर घरदैलोमा छन् । छत्रदेव गाउँपालिका
प्रमुखमा कांग्रेसका उम्मेदवार लेखनाथ पोखरेल पार्टीले छनोट गर्नुभन्दा एक महिनाअघिदेखि आकांक्षीका रूपमा भोट माग्दै हिँडेका थिए । कांग्रेसले उम्मेदवार घोषणा गरेपछि खुलेरै भोट माग्न सहज भयो ।
उनका प्रतिस्पर्धामा एमालेबाट ऋषिराम अधिकारी र माओवादी केन्द्रका प्रकाश ज्ञवाली पनि दौडधुपमा छन् । कांग्रेस छाडेर केही वर्ष पहिले माओवादीमा प्रवेश गरेका ज्ञवालीले एमाले र कांग्रेसकै मत तान्ने
कसरतमा छन् । अधिकारी २०५४ मा एमालेबाट चिदिका गाविसको अध्यक्षमा चुनिएका थिए । फेरि पार्टीले गाउँ प्रमुखमा उम्मेदवारी तोकेपछि ठेकेदार पेसा छाडेर जेठ पहिलो सातादेखि घर–घरमा पुगेर भोट माग्न
व्यस्त छन् । निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष रहेका अधिकारी आफूले जितेमा गाउँलाई समृद्ध बनाउने उद्घोषका साथ घरदैलोमा व्यस्त छन् । पोखरेलले द्वन्द्वका बेला तत्कालीन विद्रोहीबाट मारिएका
कांग्रेस नेता राममणि ज्ञवाली, पदमलोचन श्रेष्ठ र शिवलाल पोखरेलको सपना साकार पार्न आफू उम्मेदवार भएको दाबी गरे । तीन नेताले गाउँको विकास गरेका थिए । पूर्वी क्षेत्रमा लोकप्रिय थिए । उनीहरूले
रेखांकन गरेको विकास योजनालाई पूरा गर्ने र विकसित गाउँ बनाउने ऐजेन्डा लिएर घर–घरमा पुगेको उनले बताए । छत्रदेव गाउँपालिकाको प्रमुखमा कांग्रेसबाट १२ जना आकांक्षी थिए । पार्टीले उम्मेदवार
नतोक्दा सम्म सबैले आ–आफ्नो ढंगले कार्यकर्ताको घरमा पुगेर भोट मागे । पार्टीभित्र उम्मेदवार चयनमा सहमति नभएपछि चुनाव हुँदा तीन जना मात्रै प्रतिस्पर्धामा उत्रिए । पोखरेल र चन्द्रमान श्रेष्ठको
बराबर मत खस्यो । गोलाप्रथाद्वारा पोखरेल उम्मेदवारमा छनोट भए । ‘गाउँमा सबैका पार्टी सदस्य उम्मेदवारको पछि लागेर प्रचारमा हिँडेका छन्,’ छत्रगन्जका स्थानीय प्रकाशचन्द्र भट्टराईले भने, ‘सबैका
घरमा उम्मेदवारकै चर्चा छ । गाउँ चुनावमय भएको छ । आठ गाविस समेटिएर एउटा गाउँपालिका बनेको छ । चुनावी माहोल तातेको छ । अर्घाखाँचीका तीन गाउँ र तीन नगरपालिकाका उम्मेदवार घरदैलोमा व्यस्त छन् ।
जेठ पहिलो साता नै एमालेले सबै नगर, गाउँ र वडामा उम्मेदवार तोकिसकेको थियो । एमाले उम्मेदवारले एक मतदाताको घरमा दुई पटकसम्म पुगेर मत मागिरहेका छन् । अर्घाका स्थानीय जुद्धबहादुर खडकाले भोट
माग्न सबै पार्टीका उम्मेदवार घरमा आएको बताए । ‘मलाई र हाम्रो पार्टीका उम्मेदवारलाई भोट दिनुहोस् सन्धिखर्क नगरपालिकालाई स्मार्ट सिटी बनाउँछौं भन्दै आउँछन्,’ उनले भने । अधिकारसहित नयाँ
संरचनाको चुनाव भएकाले भोट दिन आतुर भएको उनले बताए । एमालेबाट शीतगंगा नगर उपप्रमुख गीता भाटले एक पटक घरदैलो गरेर सकिएको र फेरि सभा, भेटघाट र छलफल गर्ने तयारी भइरहेको बताइन् । चुनाव सरेपछि
मतदातासँग फेरि भेट्ने समय भएको उनले बताइन् । प्रकाशित : जेष्ठ २४, २०७४ ०९:२१ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली
भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर
पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com