बल्ल पहिलो किस्ता

बल्ल पहिलो किस्ता

Play all audios:


दमौली — भूकम्पको करिब तीन वर्षपछि तनहुँका भूकम्पपीडितले घर निर्माणका लागि अनुदानको पहिलो किस्ताको रकम पाएका छन् । १४ हजार २ सय ८७ भूकम्पपीडितमध्ये ९० प्रतिशतका लागि सरकारले पहिलो किस्ताको


रकम सम्बन्धित गाउँ र नगरपालिकामा पठाएको हो । <?xml encoding="UTF-8"??> ६३ करोड १४ लाख रुपैयाँ निकासा पठाइएको भूकम्पीय आवास पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइ तनहुँले


जनाएको छ । भूकम्पपीडितको खातामा पहिलो किस्ताको रकम पठाइसकिएको जिल्ला समन्वय अधिकारी अञ्जनराज न्यौपानेले बताए । ‘नाम र लाभग्राही नम्बर मिलेका सबैलाई पहिलो किस्ता निकासा गरियो,’ उनले भने,


‘नमिलेकाको रकम रोकिएको छ । तर, उनीहरूले नाम तथा नम्बर सच्याउने काम भइरहेको छ ।’ पहिलो किस्ता रकम निकासासँगै जिल्लाका १० वटै स्थानीय तहमा सबइन्जिनियर खटाइएको छ । उनीहरूले घर पुनर्निर्माण


गर्दा मापदण्डअनुसार डीपीसी गरे/नगरेको अवलोकन गर्नेछन् । अध्ययनका आधारमा फोटोसहित आवश्यक कागजात संकलन गरी सहरी विकास मन्त्रालयमा पठाउनेछन् । ती दस्तावेज मूल्यांकन गरी दोस्रो किस्ताको रकमका


लागि प्रक्रिया अगाडि बढ्ने अधिकारी न्यौपानेले बताए । घर निर्माण थालेर पहिलो किस्ता पाएका ऋषिङ गाउँपालिकाका आठ, बन्दिपुरका ९१, आँबुखैरेनीका १८ र व्यास नगरका ८३ घर लाभग्राहीका लागि दोस्रो


किस्ताको रकम निकासा गर्न माग गरिएको जिससले जनाएको छ । प्रकाशित : वैशाख ३, २०७५ ११:०२ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो ।


नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना


कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com