युवामा बेग्लै उमंग

युवामा बेग्लै उमंग

Play all audios:


चितवन — २० वर्षपछि स्थानीय तह चुनावमा सबैभन्दा बढी खुसी देखिए युवा मतदाता । पहिलोपटक चुनावमा सहभागिता जनाउन पाएका उनीहरू भोट खसाल्न पाउँदा दंग थिए । बिहान ७ बजेबाट मतदान सुरु भए पनि ५ नबज्दै


केन्द्रमा पुग्ने युवाको भीड थेगिनसक्नु थियो । <?xml encoding="UTF-8"??> ‘बिहान ५ बजे आएर लाइनमा बस्यौं,’ भरतपुर महानगरपालिका–४ स्थित लक्ष्मी माविमा भोट खसाल्न आएकी २३


वर्षीया उषा सापकोटाले भनिन्, ‘८ बजे मात्र भोट दिन पाइयो ।’ उनका साथमा थिइन् २२ वर्षीया बहिनी आशा । दुवै दिदीबहिनीले पहिलोपटक स्थानीय तहको निर्वाचनमा भोट हाले । ‘स्थानीय तहको चुनावमा पहिलोपटक


भोट दिएँ,’ आशाले भनिन्, ‘चुनाव जित्नेले युवाको मन जित्ने काम गरून् ।’ उनी भोट खसाल्न पाउँदा खुसी थिइन् । ‘चुनाव जित्नेले विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गरून्,’


उनले भनिन्, ‘राम्रो सहर बनाउन हातेमालो गरेर अघि बढून् ।’ २२ वर्षीया नम्रता सुवेदीले राम्रो उम्मेदवारलाई चुन्न भोट खसाल्न आएको बताइन् । ‘पहिलोपटक भोट दिएँ, मेरो मत खेर नजाओस्,’ उनले भनिन् ।


चितवन शिक्षा, स्वास्थ्य, कृषि र पोल्ट्री हब रूपमा परिचित छ । नयाँ जनप्रतिनिधिले यसको विकास र प्रवद्र्धनमा लाग्नुपर्ने सुझाव युवाको छ । युवा हातहातमा परिचयपत्र बोकेर लाम लागेका थिए । ‘मेरो


मतले महानगरपालिकामा इमानदार व्यक्ति छान्न सहयोग पुग्नेछ,’ २४ वर्षीय चक्र कँडेलले भने, ‘हामी युवा पार्टीभन्दा माथि उठ्न सक्नुपर्छ, पार्टी हेरेर भन्दा पनि राम्रो काम गर्न सक्नेलाई भोट दिएको छु


 ।’ जिल्लामा एउटा महानगरपालिका, ५ नगरपालिका र एउटा गाउँपालिका छन् । ती सबै तहमा युवाको उल्लेख्य भीड लागेको थियो । वृद्धवृद्धा खुसीभरतपुर महानगरपालिका–४ लंकुकी ८० वर्षीया पार्वती कँडेल आइतबार


बिहान उत्साहसाथ भोट खसाल्न लाइनमा बसेकी थिइन् । यसअघि संविधानसभा निर्वाचनमा मतदान गरे पनि अहिले बेग्लै महसुस गरेको उनले बताइन् । उनले लंकुको लक्ष्मी माविको ‘ख’ मतदान केन्द्रबाट मत खसालिन् ।


सबैभन्दा पहिले प्रधानमन्त्री पुष्पकमल दाहालले त्यही केन्द्रबाट मतदान गरेका थिए ।‘विकासप्रेमी जनताको हितमा काम गर्ने उम्मेदवारलाई मत दिए,’ उनले भनिन्, ‘स्थानीय तहमा पार्टीभन्दा राम्रो


व्यक्ति छानेको छु ।’ बुढ्यौली शरीर र स्वास्थ्य समस्याका बाबजुद पनि उनमा निकै उत्साह थियो । प्रकाशित : जेष्ठ १, २०७४ ०८:२७ पुस ६, २०७४ पुस ६, २०७४ पुस ६, २०७४ पुस ६, २०७४ पुस ६, २०७४ पुस ६,


२०७४ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि,


भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल


+977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com